नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ काराेबार
२७ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ। नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स, सगरमाथा जनरल इन्स्योरेन्स र ज्याति विकास बैंकको सेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
१) लुम्बिनी जनरल इन्स्योरेन्स
नेप्सेले लुम्बिनी जनरल इन्स्योरेन्सको ६.९९ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५३१ रुपैयाँ ८३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ५६९ रुपैयाँकाे आधारमा मूल्य समायोजन गरेको हाे ।
२) सगरमाथा इन्स्योरेन्स
नेप्सेले सगरमाथा इन्स्योरेन्सकाे १२.४० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७११ रूपैयाँ ५७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ७९९ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।
३) ज्योति विकास बैंक
नेप्सेले ज्योति विकास बैंकको ३ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३०६ रूपैयाँ ८० पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३१६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब आइतबार यी कम्पनीकाे सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : February 10, 2023 at 10:24 am









