७ असार २०८३, आइतबार | Sun Jun 21 2026

ज्योति लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्याे नयाँ बोनसदर, कुन योजनामा कति ?

२६ माघ, काठमाडौं । साविकको ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीहरूले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट माघ २३ गते स्वीकृत भएसँगै मुनाफामा सरिक हुने (बोनस दिनेगरी) जारी गरिएका बीमालेखहरुका लागि नयाँ बोनसदर कायम गरेको हो ।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशकि अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा प्राधिकरणबाट अर्को बीमाङ्गीय मुल्याङ्कन स्विकृत नभए सम्मको लागी कम्पनीले भुक्तानी गर्ने उल्लेखित दाबीहरुमा समेत सोही बोनसदर कायम हुने कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । सावधिक जीवन बीमालेखको अन्तर्गत नयाँ बोनासदर बमोजिम कम्पनीले ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको इन्स्योरेन्सले जनाएकाे छ ।

सावधिक तथा आजीवन बीमालेख बीमा योजनाको लागि कम्पनीले जम्मेदेखि ९ बर्षसम्म्को लागि ४३ रुपैयाँ २५ वा सोभन्दा माथि वर्षको लागि ७५ रुपैयाँ बोनसदर तोकेको छ ।

यस्तै, अग्रिम भुक्तानी जीवन बीमा योजनाको लागि इन्स्योरेन्सले १५ देखि १९ वर्ष अवधिको बीमालेखमा २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ३० रुपैयाँसम्म बोनसदर दिने भएको छ । सूर्या लाइफ र ज्योति लाइफले पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दै आएका छन् ।

प्रकाशित मिति : February 9, 2023 at 1:44 pm