३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

फागुनमा वाणिज्य बैंकहरुकाे ब्याजदर स्थिर रहने

२७ माघ, काठमाडाैं । वाणिज्य बैंकहरुले फागुन महिनामा ब्याजदर स्थिर राख्ने भएका छन्। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बसेको बैठकले फागुन महिनामा व्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

अहिलेको अवस्थामा निक्षेपको ब्याजदर घटाउनुपर्ने नदेखिएकोले माघमा कायम निक्षेपको ब्याजदरलाई फागुनमा पनि निरन्तरता दिने बैंकहरुबीच सहमति भएको बैंकर्स संघले जनाएको छ ।

एनबीएले माघ महिनामा व्यक्तिगततर्फ मुद्दति निक्षेपको पुसमा कायम ब्याजदर ९.३३८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । जस अनुसार माघमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, रेमिट खाताको चाहीँ १२ प्रतिशत र तीन महिना वा सो भन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको छ ।

शुक्रबार हुने मौद्रिक नीति समीक्षाले बैंकदर घटाएमा भने बैंकहरुको निक्षेपको ब्याजदर पनि घट्नसक्ने जनाइएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १३:२६