९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

सन नेपाल लाइफले गर्यो प्रेम प्रसादको परिवारलाई बीमाबापत ५० लाख दावी भुक्तानी

२५ माघ, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको आश्रित परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँ दावी भुक्तानी गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका उनको दावी भुक्तानी दिनुपर्ने बीमा पोलिसीको शर्त बमोजिम बीमा दावी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ५० लाख बीमा बापतको रकम र १२ हजार १९४ रुपैयाँ बोनस समेत थप गरी मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत दाबी भुक्तानी गरेको कमपनीले जनाएकाे छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार १२:१३