७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सानिमा लाइफ इन्स्योरेन्सको नाफा २३.६३प्रतिशतले बढ्यो

२५ माघ, काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। याे गत बर्षकाे तुलनामा ०.८५ प्रतिशतले बढेको हाे । गत वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब १६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १२६.५९ प्रतिशतले बढेर ३१ करोड ३५ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १३ करोड ८३ लाख दाबी भुक्तानी गरेको थियो।

दोस्रो त्रैमाससम्म कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २३.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ९ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च १३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अधिवसम्म कम्पनीको व्यवस्थापन खर्च १३ करोड २६ लाख रुपैयाँ थियो।

कम्पनीको जीवन बीमा कोषको आकार ४४.३८ बढेर ४ अर्ब ८ करोड रुपैयाँको भएको छ।कम्पनीको जगेडा तथा कोषको आकार ८.०२ प्रतिशतले बढेर ३५ करोड ९० लाख रुपैयाँमा पुगेको छ। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.६३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११८.३७ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : February 8, 2023 at 11:47 am