राष्ट्रपति भण्डारी आज योगमायाको जलसमाधिस्थल जाँदै
२५ माघ, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली धार्मिक गुरु, महिला अधिकारकर्मी तथा कवयत्री स्वर्गीय योगमाया न्याैपानेको समाधिस्थल जाने कार्यक्रम रहेको छ । योगमायाको सम्बन्धमा खोज अनुसन्धानमा सक्रिय महिला अधिकारकर्मी बबिता कार्की कटुवालाले राष्ट्रपति भण्डारी योगमायाको जल समाधिस्थल भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको मजुवाबेसी र गौडेनी जाने कार्यक्रम रहेको जानकारी दिइन ।
को हुन योगमाया ?
योगमाया न्यौपाने (वि.सं. १९२४ – वि.सं. १९९८) पूर्वी नेपालको भोजपुर जिल्लामा जन्मिएकी एक नेपाली धार्मिक गुरु, महिला अधिकारकर्मी तथा कवयत्री थिइन्। एक आन्दोलनकर्ताको रूपमा उनले समाजका विकृतिहरूलाई परास्त गर्नमैै आफ्नो जीवन लगाएकी थिइन्। योगमाया नेपाली साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीक पनि हुन्।
बूढी औँठाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिने योगमाया नै त्यस्ती आशुकवयित्री हुन् जसले जे देख्यो त्यही फररर भन्न र जे भेट्यो त्यही विषयमा कविताबाट बोल्न र जे सुन्यो त्यही विषयलाई कविताबाटै बिट मार्न सक्षम थिइन्। न्यौपानेलाई नेपालको समकालीन कविहरू मध्येमा लिइन्छ जसमा उनले उनको कविताहरूको एकमात्र प्रकाशित पुस्तक सर्वार्थ योगवाणीलाई उनको सबैभन्दा महत्त्वपूर्ण योगदान मानिन्छ।
योगमायाको कविताहरूले नेपालमा राणा शासन भारतमा ब्रिटिस राजको समयलाई वर्णन गर्दछ। त्यस समयको साँस्कृतिक र राजनीतिक उत्पीडनबाट चित्रित उनको लेखनशैली उच्च स्तरको र खारिएको थियो। धार्मिक गुरुको रूपमा हिन्दू दर्शनमा विशेष ध्यानको बाबजुद पनि उनका कविता महिला र उत्पीडित समुदायहरूको अधिकारमा आधारित थिए जसकारण उनले निकै लोकप्रिय हासिल गरेकी थिइन्।
उनको जीवनको अन्तिम क्षणमा राणा शासकको आज्ञा अनुसार उनको कृतिहरूलाई निषेधित गरिएको थियो भने उनलाई कडा निगरानीमा राख्न भनिएको थियो। यतिहुँदा हुँदैपनि उनले नेपालमा नै रहने निर्णय लिएकी थिइन्। योगमायालाई वि.संं १९७५ मा नेपालको पहिलो महिला समितिको स्थापना गरेको र यसले वि.सं १९७७ सालमा नेपालमा सती प्रथामाथि रोक लगाउनेको श्रेय दिइन्छ।
योगमायाले सन्यास लिएर नेपाल फर्किएपछि उनको सक्रियतावाद सुरु भएको थियो। सरकारले योगमाया र उनको समर्थकहरू प्रतिको अत्याचार र आफ्नो भ्रष्ट व्यवहारलाई सुधार गर्नमा आनाकानी गरेको कारण योगमाया र उनको ६७ अनुयायीहरूले वि.सं १९९८ मा अरुण नदीमा हामफालेर नेपालको इतिहासको सबैभन्दा ठूलो जलसमाधि गरेका थिए। वि.सं २०७२ सालमा उनको योगदानहरूका लागि नेपाल सरकारले उनको नाममा एक डाँक टिकट जारी गरेको थियो।
प्रकाशित मिति : २५ माघ २०७९, बुधबार ०९:२०












