१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

कामना सेवा विकास बैंकले ‘कस्टमर्स डे’मा निःशुल्क स्वास्थ्य शिविर गर्ने

२४ माघ, काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कस्टमर्स डेका अवसरमा निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने भएको छ।

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाबाहेक अन्य सेवाहरु पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले विभिन्न सामाजिक कामहरुसमेत गर्दै आएको छ। यसैअन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्षको फेब्रुअरी ९ तारिक कस्टमर्स डेका रुपमा समेत मनाउँदै आएको छ।

सोही अवसरमा यही माघ २६ गते निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठान सगँको सहकार्यमा आफ्नो ग्राहकका लागि निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा विभिन्न परिक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ। उक्त कार्यक्रम कोहलपुर नपा–११ नेपालगन्जस्थित निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानमा हुने भएको छ।

प्रकाशित मिति : February 7, 2023 at 2:45 pm