२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

२४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान भएको भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको बताइएकाे छ ।

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ । एमाले र माओवादी केन्द्रबीच सरकार गठनका बेला प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । तर पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि एमाले सशंकित छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १२:५०