२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

विद्यादेवी भण्डारी र उर्मिला अर्यालका १० वर्षपछि मिलेका हात…


२४ माघ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले मंगलबार शितल निवासमा आयोजित समारोहमा पद तथा गोपनियताको सपथ लिएकी छिन । उनी राष्ट्रियसभाको उपाध्यक्षमा सोमबार निर्विरोध रूपमा निर्वाचित भएकी भइन । २०७० मा तत्कालीन एमाले छाडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी अर्याल माओवादीकै कोटामा राष्ट्रियसभा सदस्य र अहिले उपाध्यक्षमा निर्वाचित भएकी हुन ।

पूर्व एमाले नेतृ अर्यालको नाम एमाले पीडितको रूपमा चर्चा हुने गरेको छ । एमालेको तत्कालीन अखिल नेपाल महिला संघको पोखरा अधिवेशन (२०६९)मा अध्यक्षमा उम्मेदवारी दिने भनेकी अर्याल तत्कालीन एमाले नेतृ विद्या भण्डारी समूहको छेकबारका कारण अधिवेशनको हलमा प्रवेश गर्न नै नपाइ लखेटिएको उनी आफैँले काठमाडौँ फर्किएपछि बताएकी थिइन ।

अनेमसंको त्यो अधिवेशनबाट लखेटिएको भन्ने उर्मिलाले १० वर्षपछि उनै विद्या भण्डारीको समुपस्थितिमा राष्ट्रियसभा उपाध्यक्षको सपथ लिएर सौहार्द पूर्वक शिर समेत निहुराएर भण्डारीसँग हात मिलाउने अवसर प्राप्त गरिन गरिन । यो अवसरमा दुबैजनाको मुहारमा खुशी देखिएको छ । शायदः भण्डारी र अर्यालले यसरी देखिनेगरी औपचारिक रूपमा हात मिलाएको १० वर्षपछि यो नै पहिलो होला ।

२०७९ फाागुनमा अनेमसंघबाट लेखेटिएको बताउने उर्मिला २०७०मा माओवादी प्रवेश गरेपछि २०७४ को चुनावपछि एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाकालामा अनेमसंघको अध्यक्ष बन्न चाहिन्थिन तर उनै भण्डारीको असहमतिका कारण बन्न नपाएको भन्ने माओवादी नेताहरू छन ।

पोखरा अधिवेशनबाट रिसाएर काठमाडौँ आइपुगेपछि अर्यालले अनेमसंघलाई विद्या भण्डारी प्राइभेट लिमिटेड भन्ने वाक्य प्रयोग गर्दै गाली गरेकी थिइन । तर १० वर्षपछि संयोगवश भण्डारी राजकीय जिम्मेवारीबाट बाहिरिने अन्तिम समयमा अर्यालले फरक प्रकृतिको राजकीय जिम्मेवारी प्राप्त गरेकी छिन । यसै अवसरमा दुई पूर्व नेतृको बीचमा सौहार्दपूर्ण भेट भएको छ भने हात मिलाएर खुशी पनि साँटेका छन । दुई पूर्व नेतृ तत्कालीन एमालेका फरक फरक विचार समूहका नेता रहेका थिए । तस्बीरहरूः प्रदिपराज वन्त/रासस

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १२:०८