६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य

२३ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ । निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा रहेकाले पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन तथा नेपाल सरकारलाई तिर्नुपर्ने दायित्व रकम अझै १६ अर्ब ३० करोड रुपैयाँ रहेको निगमले जनाएकाे छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार २१:५६