९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

रिलायन्स लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

२३ माघ, काठमाडाैं । रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएकाे छ । कम्पनीले पुनर्जागरण अभियान अन्तर्गत बीमालेखको नविकरण शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो ।

दुई वर्षअघिदेखि भुक्तानी नगरिएका र व्यतित भएका बीमालेखको हकमा २०७९ माघ २३ गतेदेखि फागुन १५ गतेसम्म पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको हो ।

यो सुविधा लिई पुनर्जागरण गरिएको बीमालेख ६ महिना भित्र समर्पण गरेमा, छुट गरिएको विलम्ब शुल्क फिर्ता लिईने पनि कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १५:१०