७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

२३ माघ, काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक मोन्टी देसाई नियुक्त भएका छन् । केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थालेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिएको हो । सन् २०१७ मा देसाई नेपालका ब्याटिङ सल्लाहकार थिए ।

देसाई सन् २०१७ को एसीसी यू-१९ एसिया कपमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक जित निकाल्दा नेपाली टिमको ब्याटिङ सल्लाहकार थिए । देसाईले अफगानिस्तान र युनाइटेड अरब इमिरेट्सको ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १४:०७