५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

राष्ट्रपति कांग्रेसबाटै हुने महामन्त्री शर्माकाे दावी

२२ माग काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गरेका छन्। ​आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सोही व्यक्ति नै राष्ट्रपति बन्ने बताए।

महामन्त्री शर्माले राष्ट्रपतिमा आफ्नो पार्टीले प्रतिस्पर्धा गर्ने कुरालाई पूर्वाग्रही ढंगले नसोच्नु पनि एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे।उनले आफ्नो पार्टी विपक्ष दल भएकै बेला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव बनेको स्मरण गराउँदै अहिले पनि सो पद आफ्नो पार्टीले नै पाउने तर्कसमेत गरे।

महामन्त्री शर्माले संसदमा एमाले अध्यक्ष ओलीले आवेश र कुण्ठा अनि आक्रोश र गालीलाई व्यक्त गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि अनुरोध गरे। ओली कांग्रेस फोवियाबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : February 5, 2023 at 7:07 pm