२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद अनुपस्थित

२२ माघ, काठमाडौं। सत्तारुढ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएका छन् ।

एक साताअघि नै प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । सोहीअनुसार आइतबार दिउँसो १ बजेपछि बसेको प्रतिनिधिसभाको बैठक बसिरहेको छ । तर, रास्वपाका सांसद भने अनुपस्थित भएका छन् ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पनि बसिरहेकाले रास्वपाका सांसद संसद बैठकमा अनुपस्थित भएका हुन् । प्रतिनिधिसभा बैठकसँग पार्टीको बैठक राखेका रास्वपाका सांसद संसद बैठकमा अनुपस्थित भएका हुन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १४:०६