२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

उपचुनाव बिनै आफूलाई विजयी घोषाणा गर्न कांग्रेस नेता उमेश श्रेष्ठको माग

२२ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र विनानै प्रतिनिधिसभामा उम्मेदवार भएर जितेको चितवन क्षेत्र नम्बर २ मा आफूलाई विजयी घोषाणा गर्न कांग्रेस नेता उमेश श्रेष्ठले माग गरेका छन । नेपाली नागरिकताको प्रमाणपत्र बिना उम्मेदवार नै हुन नसक्ने भन्दै सर्वोच्च अदालतले लामिछाने विजयी भएको निर्वाचन आयोगको निर्णय बदर गरिदिएपछि श्रेष्ठले यस्तो माग राखेका हुन ।

चितवन २ मा दोस्रो भएका श्रेष्ठले स्वतः विजयीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन । उनी बिहान ११ः३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्न जाने नेपाली कांग्रेसले जनाएको छ । श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतान्तरले पराजित भएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १०:३१