२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

माओवादी नेता उर्मिला अर्यालले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने

२२ माघ, काठमाडाैँ । माओवादी नेता उर्मिला अर्यालले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएकी छिन । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिने तय भएको हो । सत्ता पक्षबीच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रले दाबेदारी दिने सहमति अनुसार माओवादी नेता अर्यालले उम्मेदवारी दिने तय भएको हो ।

नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिने/नदिने सम्बन्धमा कुनै निर्णय गरेका छैनन् । यद्यपी उनीहरूले अाज बैठक बसेर निर्णय गर्ने बताएका छन । राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदै छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पदको मनोनयन प्रस्ताव आज दिउँसो १ देखि अपराह्न ४ बजेसम्म दर्ता हुनेछ ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १०:२४