५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

हिमालय शमशेर जबराको निधनले मुलुकको अर्थ क्षेत्रमा अपुरणीय क्षतिः अर्थमन्त्री पाैडेल


२२ माघ, काठमाडाैँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमाल शमशेर जबराको निधनले मुलुकको अर्थक्षेत्रमा अपुरणीय क्षति भएको बताएका छन । स्वर्गीय जबराप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपप्रधानमन्त्री पाैडेलले मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति भएको बताएका हुन ।

उनले भनेका छन, ‘नेपालका प्रथम गभर्नर तथा अर्थ तथा कूटनीतिक क्षेत्रका विशिष्ठ व्यक्तित्व हिमालय शमशेर जबराको निधनले मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति भएको छ । दु:खको यस घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १०:०९