२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

शैलेन्द्रको ब्रह्मास्त्र लोकार्पण


२२ माघ, काठमाडाैँ । लेखक, लेक्चरर शैलेन्द्र अधिकारीको नयाँ पुस्तक ब्रह्मस्त्र (कथा संग्रह) लोकार्पण गरिएको छ । ब्रह्मस्त्र शनिबार एक कार्यक्रमकाबीच शिल्पी थिएटरमा विमोचन गरिएको हो ।

विमोचन कार्यक्रम नयाँ ढंगले गरिएको थियो । पुस्तक भित्रकै एक कथा “माथिङ्गल” कथालाई नाटकमा रुपान्तरण गरी नाटक मञ्चन गरिएको थियोे । त्यस लगत्तै कुमार नगरकोटी, अमर न्यौपाने, सुबिन भट्टराई , लेखक शैलेन्द्र अधिकारी र उनका केही विद्यार्थील विमोचन गरेका थिए ।

ब्रह्मास्त्र कथाको विषयमा पत्रकार दिपक सापकोटा र लेखक अधिकारी वीच उक्त पुस्तक माथी विमर्श/सम्बाद भयो। अधिकारीले भने “कुमार नगरकोटी र मोहनराज शर्मा बाट प्रभावित भएको हुँदा पुराना कथाकारहरुको जस्तो स्वाद ब्राह्मस्त्रा नभेटिन पनि सक्छ” । “तर तपाइँहरुले पढेपछी निरास पक्कै हुनुहुन्न” । कथा नयाँ स्वादको छ, पढेर प्रतिक्रिया दिनुहोला भनेर अधिकारीले अनुरोध गरेका थिए !

कार्यक्रमको अन्तिममा उक्त पुस्तक कै “सुसाइड” शीर्षक माथी शिल्पीका कलाकारहरुले नाटक प्रस्तुत गरेका थिए । यस अघि अधिकारीको “निर्वेद” उपन्यास र “हिउँ माथिको जुन” गजल संग्रह प्रकाशित भएका छन् । ब्रह्मास्त्र शिखा बुकले प्रकाशित गरेको हो ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार ०९:४२

https://srdb.com.np/