२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नेपालमा विचार र दलीय मान्यतामा आधारित राजनीतिक प्रतिष्पर्धा छैनः नेता बाँस्कोटा

२२ माघ, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद गोकुल बाँस्कोटाले नेपालमा विचार र दलीय मान्यतामा आधारित राजनीतिक प्रतिष्पर्धा नरहेको बताएका छन । आइतबार बिहानै सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै बाँस्कोटाले अहिलेको राजनीतिक प्रतिस्पर्धा सहयोगात्मक बहुदलीय प्रणालीमात्र रहेको बताएका छन ।

उनले कांग्रेस र कम्युनिष्ट मिलेर चुनाव लड्ने र मिलेर सरकार चलाउने भएपछि फरक के मा र कसरी छुट्याउने उने ? भन्ने प्रश्न समेत गरेका छन । उनले भनेका छन, ‘नेपालमा विचार र दलीय मान्यतामा आधारित राजनीतिक प्रतिष्पर्धा छैन।यो सहयोगात्मक बहुदलीय प्रणाली हो।कांग्रेस र कम्युनिष्ट मिलेर चुनाव लड्ने र मिलेर सरकार चलाउने भएपछि फरक के मा र कसरी छु्ट्याउने ? हुनत निर्वाचन प्रणालीमा सुधार नगर्ने हो भने बहुमत चुनावी भाषणमै सीमित हुने गफ न हो ।’

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको राजनीतिक प्रतिवेदनका बारेमा अनेक टिकाटिप्पणीहरू सार्वजनिक भैरहेको समयमा बाँस्कोटाको पनि त्यतै लक्षित टिप्पणी सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार ०८:५६