२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

रविको व्यवस्थापनबारे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल

२१ माघ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको व्यवस्थापनका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता उनीहरूबीच लामिछानेको माग सम्बोधन र उनको व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा छलफल भएको स्रोतले जनाएको छ । दुइ नेताको बीचमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवारी बारे पनि छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार १२:४१