२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

परराष्ट्र मन्त्री विमला पौड्याल राईले श्रीलङ्काका प्रधानमन्त्रीसँग भेट गर्दै

२० माघ, काठमाडाैँ । श्रीलङ्का भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा विमला पौड्याल राईले आज उच्चस्तरीय भेटघाट गर्दैछिन । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुगेकी परराष्ट्रमन्त्री राईले शुक्रबार साँझ श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्री राईको प्रेस संयोजक यशोदा अधिकारीले जानकारी दिइन ।

प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलङ्काका विदेशमन्त्री अली सब्रिसँग भेट गर्ने कार्यक्रम रहेको छ । भेटवार्तापछि मन्त्री राइ श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछिन ।

भोलि बिहान श्रीलङ्काको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री डा पौड्याल सहभागी हुने कार्यक्रम छ । कार्यक्रम सकिएपछि दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्ने तय भएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार १६:१६