१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

लगानीकर्ता डुबाउने अभियानमा लागेका कामना सेवाका सीईओसहित ४ जना रिहा


२० माघ, काठमाडाैं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रवीण बस्नेतसहित ४ जनालाई प्रहरीले हाजिरी जमानीमा रिहा भएका छन् ।

कर्जा अपचलन मुद्दामा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेका सिईओसहित चन्द्र बहादुर थापा, हरेन्द्र दाहाल र बीरेन्द्रसिंह भण्डारलाई इलाका प्रहरी कार्यालयले हाजिरी जमानीमा रिहा गरेको हो । हाललाई अनुसन्धान सकिएको, बयान समेत लिइसकिएकोले जुनसुकै समयमा पनि उपस्थित हुनुपर्ने गरी जमानीमा रिहा गरिएको झापा प्रहरीले जनाएकाे छ ।

बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र पठाएपछि झापास्थित इलाका प्रहरी कार्यालय दमकले उनिहरूलाई पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार १२:५५

https://srdb.com.np/