२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

१९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विषयमा छलफल हुने बताइएकाे छ ।

यस अघि स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागमा जिम्मेवारी बाँडफाड गर्ने अजेन्डामा प्रवेश गरेका माओवादीले गृहकार्य नपुगेको भन्दै बुधवार बैठक स्थगित गरेको थियो ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार ०९:४०