३ असार २०८१, सोमबार | Mon Jun 17 2024

साना किसान लघुवित्तको नाफा बढ्यो, अन्य सूचक कस्ताे ?


१८ माघ, काठमाडाैं । साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

दोस्रो त्रैमाससम्ममा कम्पनीले ४३ करोड ४९ लाख ६४ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा ३४.३३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ३८ लाख २ हजार रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा पनि बढेकाे छ। सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३७.४३ प्रतिशतले वृद्धि भई ८४ करोड ९८ लाख ७० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यो आम्दानी ६१ करोड ८३ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनामा कम्पनीको कुल संचालन आम्दानी ८५ करोड १ लाख २० हजार रुपैयाँ, खुद संचालन आम्दानी ७६ करोड ७३ लाख ८ हजार र संचालन नाफा ६२ करोड ३ लाख ११ हजार रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीको वितरण योग्य नाफा २६ करोड ९६ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने १ अर्ब ४३ करोड ४० लाख ८२ हजार रुपैयाँ राखेको छ ।

सो अवधिमा कम्पनीको १ अर्ब ४४ करोड १८ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ करोड ३३ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कम्पनीकाे वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४१.५४ रुपैयाँबाट बढेर ५५.६१ रुपैयाँ भएको छ। भने प्रतिसेयर नेटवर्थ २४९ रुपैयाँ ४९ पैसा र आम्दानी अनुपात (पिइ रेसियों) २२.७१ गुणा रहेको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार ११:३९