१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मुल्य

१८ माघ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बुधबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ तोकेको छ।

उता, हरियो अंगुर १५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु २९ रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, कागती १२० रुपैयाँ, किवि ३०० रुपैयाँ र अकबरे खुर्सानी २०० रुपैयाँ कायम रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार लोकल गाजरको औसत मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल सानो गोलभेडा १० रुपैयाँ , राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ ११० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैया, भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज ११० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनिया ७० रुपैयाँ रहेको छ ।
यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा र मंगुरी २६० रुपैयाँ र रहु माछा ३६० रुपैयाँ केजीमा पाइन्छ ।

प्रकाशित मिति : February 1, 2023 at 10:16 am