माओवादी पदाधिकारी बैठकमा रवि लामिछानेको चेतावनीबारे समिक्षा
१७ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा जारी बैठकमा मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजै साँझसम्म गृह मन्त्रीमा नियुक्त नगरे सरकारबाट बाहिरिने चेतावनी दिएपछिको परिस्थितिकोबारेमा माओवादी बैठकमा समिक्षा भैरहेको छ । बैठक अहिले पनि जारी छ ।
प्रकाशित मिति : January 31, 2023 at 1:36 pm







