१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

आज यस्ताे छ हरियाे तरकारी तथा फलफूलकाे मूल्य

१७ माघ, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि हरियाे तरकारी तथा फलफूलकाे मूल्य ताेकेकाे छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अदुवा ८०, नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु २८ रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, कागती ११० रुपैयाँ, किवि र अकबरे खुर्सानी ३०० रुपैयाँ कायम रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्युनतम तोकेको मूल्य हो । लोकल गाजरको औसत मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल सानो गोलभेडा १० रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज ११० र हरियो धनिया ८० रुपैयाँ रहेको छ ।

ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा र मंगुरी २६० रुपैयाँ र रहु माछा ३६० रुपैयाँ केजीमा पाइन्छ ।

प्रकाशित मिति : January 31, 2023 at 10:55 am