प्रधानमन्त्रीद्वारा सहिदहरुको सम्मानमा पुष्पगुच्छा अर्पण (तस्बिरहरू)
१६ माघ, काठमाडौँ । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिददको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइएको छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ ।
सहिद दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले लैनचौरस्थित सहिद स्मारकमा पुष्पगुच्छा तथा सम्मान अर्पण गरेका छन् । सहिद दिवसको अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम समेत आयोजना गरिएको थियो । सहिद स्मारकमा प्रधानमन्त्रीसहित मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्न पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए। चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उनले शहीदका सपना पूरा गर्न आह्वान गरेका हुन्।
प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १०:३७