२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

गृह मन्त्रालय नपाए राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने

१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन: आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो ।

रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए । गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १७:५०