७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

कामना सेवा विकास बैंकको कामु सीइओमा विनय दाहाल नियुक्त

१५ माघ, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त भएका छन् । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकले माघ १५ देखि लागू हुने गरी उक्त जिम्मेवारी दिएको हो । दाहाल यस अघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका थिए ।

बैंकिङ क्षेत्रमा करिब ३ दशक लामो कार्यानुभव हासिल गरेका दाहाल विगत ५ वर्षदेखि एनएमबि बैंकको उच्च तहमा रही काम गरिसकेका छन्। उनी एनआईसी एसिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरिसकेका छन्।

प्रकाशित मिति : January 29, 2023 at 12:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/