हिमालयन उर्जा विकास कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
१५ माघ, काठमाडाैं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घाेषणा गरेकाे छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन घाेषणा गरेकाे हो। कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।
विद्युत नियमन आयोगबाट सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ। हकप्रद शेयर निष्काशनपश्चात प्राप्त हुने पूँजीमध्ये खर्च कटाइ बाँकी सबै रकम बैंकहरुबाट लिएको दीर्घकालिन ऋणको भुक्तानी गर्ने निर्णय पनि सो बैठकले गरेको छ।
प्रकाशित मिति : January 29, 2023 at 11:24 am









