२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

विशेषज्ञ सेवासहितको पोलिक्लिनिक सञ्चालन

१४ माघ, अर्घाखाँची ।  सन्धिखर्कमा विशेषज्ञ चिकित्सक र सेवासहितको सन्धिखर्क पोलिक्लिनिक प्रालि सञ्चालनमा आएको छ । सामान्य बिरामी हँुदा पनि जाँच र उपचारका लागि बुटवल तथा काठमाडाँै जाने बाध्यता पोलिक्लिनिक सञ्चालन भएपछि हटेको छ ।

‘गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सन्धिखर्क नगरपालिका–१ को हल लाइनमा स्थापना गरिएको सन्धिखर्क पोलिक्लिनिकको आज औपचारिक कार्यक्रमबीच पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझीले उद्घाटन गरे।

नेकपा (एमाले)का केन्द्रीय सचिव रायमाझीले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन सबै एकजुट हुनुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रको विकासमा सरकारी मात्र नभएर निजी क्षेत्रको पनि भूमिका अपरिहार्य भएको बताए ।

पोलिक्लिनिकमा अत्याधुनिक प्रयोगशाला सेवा, कलर डप्लर अल्ट्रासाउन्ड सेवा, इसिजी सेवा, डिजिटल एक्स–रे सेवा, अब्जरभेसन सेवा, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, इमर्जेन्सी सेवा, फ्याक्चर, प्लास्टर सेवा, फार्मेसी लगायतका सेवा रहेको अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । उनले ८० वर्षमाथिका ज्येष्ठ नागरिक र महिला स्वयंसेविकाको जाँचमा ५० प्रतिशत छुटको व्यवस्था रहेको पनि जानकारी दिए।

प्रकाशित मिति : January 28, 2023 at 2:47 pm