३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

शिक्षामन्त्री खनालकाे राजीना माग्दै अनेरास्ववियूले जलायो पुत्ला


१३ माघ, काठमाडाैं । अनेरास्ववियूले शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियूले शिक्षामन्त्री खनालको विरोध गर्दै पुत्ला जलाएको हाे ।

नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू केन्द्रीय समितिले शिक्षा मन्त्री खनाल भ्रष्ट भएको आरोपसहित पुत्ला जलाएको हो।

शिक्षामन्त्रीले निजीलाई पोसेको, गरीब विद्यार्थीको खिलाफमा रहेको अनेरास्ववियूको आरोप छ । आन्दाेलित विद्यार्थीहरुले शिक्षामन्त्री खनालकाे राजीनामा समेत मागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १०:३१

https://srdb.com.np/