२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

अनेमसंघको दुईदिने कार्यशाला सम्पन्न

१२ माघ, काठमाडौं । अखिल नेपाल महिला संघले संगठन सुदृढीकरण सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला माघ १० र ११ गते सम्पन्न गरेको छ ।

देशभरिका जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष, विभागीय प्रमुख, अभियान कमिटीका प्रमुखहरूको उपस्थिति रहेको कार्यशालामा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले महत्वपूर्ण सुझाव तथा निर्देशन दिएका थिए ।

त्यसैगरी अनेमसंघ इन्चार्ज पार्टीको स्थायी कमिटी सदस्य सीता पौडेलले महिलाका लागि संसदीय निर्वाचनमा प्रत्यक्षमै एक तिहाई आरक्षण दिईनुपर्ने विषय अनेमसंघको प्रमुख मुद्दा रहने बताइन् ।

कार्यशालामा अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलनको नारा तय गर्ने विषयका साथै आन्दोलनमा योगदान गर्नुहुने विभिन्न व्यक्तिहरूलाई सम्मानका लागि प्रावधान तय गर्ने, अनेमसंघ केन्द्रीय सदस्यका लागि मापदण्ड तय गर्ने, अनेमसंघको नीति कार्यक्रम, अनेमसंघको १४ बुँदे कार्यक्रमको पुनरावलोकन, सातौं राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि कार्ययोजना तर्जुमा गर्ने लगायत विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : January 26, 2023 at 12:01 pm