तस्बिरमा हेर्नुहोस्, हनुमानढोकाको नासलचोकमा भएको वसन्त श्रवण कार्यक्रम
१२ माघ, काठमाडाैँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहिबार बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो ।
वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, सभामुख देवराज घिमिरे लगायत सहभागी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । तस्बिरः प्रधानमन्त्रीको निजी फोटोग्राफर प्रदीपराज वन्त ।

प्रकाशित मिति : January 26, 2023 at 12:15 pm










