४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, कति पुग्याे ताेलाकाे ?


१२ माघ, काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ। योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

बुधबार सुनको मूल्य १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीकाे मूल्य स्थिर रहँदै १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार ११:१०