२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

११ माघ, काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्यायका लागि भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । आचार्यले उठाएका २५ बुँदे माग पूरा गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारसँग प्रदर्शनकारीले माग गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा सहभागीले ‘यो देश हो कि बधशाला ?, अर्काे जल्दो शरीर मेरो नहोस्’, ‘उद्यमशील नेपाल नारा मात्रै हो सरकार ?, ठूला व्यापारी कसको आश्रयमा, प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?, यो आत्महत्या होइन हत्या हो’ जस्ता नारासहितको पम्लेट बोकेका थिए ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि मंगलबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका ३७ वर्षीय आचार्यको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : 17:45