२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

कर्णाली प्रदेशको मन्त्रिमण्डलले पायो पूर्णता

११ माघ, सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। बुधबार मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद विस्तार गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

त्यस्तै नेकपा एमालबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूको आजै शपथ ग्रहण गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १७:३०