२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

प्रेमप्रसादको आफन्तलाई भेटेर गृहमन्त्रीले भनेः उहाँले उठाउनुभएका विषयमा छानबिन गर्नेछौं

११ माघ, काठमाडाैं । स‌ंघीय संसद् भवन नयाँबानेश्वर अगाडि आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको आफन्तलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भेटेका छन्।

गृहमन्त्री लामिछाने बुधबार कीर्तिपुरस्तथित आचार्यलाई उपचार गरिएको अस्पताल पुगेका हुन्। आज बिहान आचार्यको यसै अस्पतालमा निधन भएको थियो। गृहमन्त्री लामिछानेले आचार्यका आफन्तसँग भेटेर कुराकानी गरेका छन्।

भेटमा गृहमन्त्रीले घटनालाई लिएर दुःख व्यक्त गर्दै आफूहरु पनि यस्तै कुराहरुबाट वाक्क भएर राजनीतिमा आएको बताए । उनले आचार्यकी श्रीमती नानुकालाई भने, ‘मैले भर्खरै मात्र सुरुवात गरेको छु । सुरुमै आशा जगाउन सकिनँ, त्यसका लागि मलाई क्षमा गर्नुहोला । तर, निर्धक्क हुनुस्, उहाँले उठाउनुभएका, हामीले छानबिन गर्नुपर्ने विषयमा हामी छानबिन गर्नेछौं,’ ।

प्रकाशित मिति : 15:45