७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

केपी ओलीको नाममा गोल्डकप हुने, विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पाउने

११ माघ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा गोल्डकप फुटबल प्रतियोगता हुने भएको छ । राष्ट्रिय युवा संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाले अनुमति दिएको छ ।

आगामी फागुनमा ११ गतेदेखि १७ गतेसम्म ुकेपी ओली कपु फुटबल प्रतियोगिता हुने गरी अनुमति दिइएको एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन ।

युवा संघले सो प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने जनाएको छ । संघले प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिने बताएको छ । प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुने युवा संघले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १३:२४