२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

संसदअघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यकोको प्रचण्ड र रवि लामिछाने भेट्ने इच्छा अधुरै

११ माघ, काठमाडौँ । प्रधानमन्त्रीका अघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यकोको प्रचण्ड र रवि लामिछाने भेट्ने इच्छा अधुरै भएको छ । उनको उपचारका क्रममा बिहान निधन भएको कीर्तिपुरस्थित बर्न अस्पतालका  डा किरण नकर्मीले जानकारी दिए ।

उनले संघीय संसद् भवन छेउमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडीका अघि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका थिए । तत्कालै प्रहरीले उनको आगो निभाउँदै उनलाइ अस्पताल पुर्याएका थिए ।

शरीरको ८० प्रतिशत भाग जलेका  प्रेमप्रसाद आचार्यको उपचारकै क्रममा  बुधबार बिहान निधन भएको छ। इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार स्वास्थ्य राज्यमन्त्री तोशिमा कार्कीसँगको भेटमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई भेट्न पठाइदिन आग्रह गरेकी थिइन ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार ०८:४०