१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

प्रमुख प्रतिपक्षी दलको दाबी सुविधाको लागि होइन : नारायणमान विजुक्छें

८ माघ,भक्तपुर । नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले  संघीय संसदमा प्रमुख प्रतिपक्ष दलमाथि आफूहरुको दावी कुनै सुविधा पाउने नियतले नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलकाे दाबी सरकारी सुविधा पाउनको लागि नभएको उनको भनाइ छ ।

४९औं पार्टी स्थापना दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पार्टीले लेनदेनको नभई सिद्धान्तको आधारमा चल्ने बताए ।

पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले नेपालमा विद्यमान संविधान र ऐन कानुन अनुसार नेमकिपालाई नै प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने जिकिर गरे ।  कार्यक्रममा ७० वर्ष उमेर नाघिसकेका ११ जना कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार १७:२८