२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

गोर्खाज फाइनान्सको नाफा २४६.९६ प्रतिशतले बढ्याे

८ माघ, काठमाडाैं ।  गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। फाइनान्सले सार्वजनिक गरेको उक्त विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ६ करोड ७१ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। याे नाफा गत वर्षको साेही अवधिकाे तुलनामा २४६.९६ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा फाइनान्सले १ करोड ९३ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १८०.३१ प्रतिशतले वृद्धि भई १७ करोड ३५ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीको यो आम्दानी ६ करोड १९ लाख २९ हजार रुपैयाँ मात्र थियो ।

चालु आवको ६ महिनामा कम्पनीको कुल संचालन आम्दानी १८ करोड ८१ लाख ८४ हजार रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीले २४ करोड ६० लाख ६३ हजार रुपैयाँ खुद संचालन मुनाफा गरेको छ । कम्पनीको वितरण योग्य मुनाफा २ करोड २९ लाख ४० हजार रुपैयाँ रहेको छ ।

फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ र जगेडा कोषमा ७३ करोड २९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १५.४७ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ४.४६ रुपैयाँ रहेको थियो। पीई रेसियो ३७.४९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८९.८९ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : January 22, 2023 at 12:31 pm