५ कार्तिक २०८३, बुधबार | Thu Oct 22 2026

सोनम ल्होछारले सद्भाव कायम गर्छ : प्रदेश प्रमुख परियार

८ माघ, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सोनम ल्होछारले नेपाली जनतामा बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पुर्याउने बताएका छन् ।

ल्होछारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जातीय तथा धार्मिक–सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा मनाइने धार्मिक महत्व बोकेका यस्ता चाडपर्व तथा संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्दै समृद्धितर्फको यात्रामा सबै एकजुट हुनुपर्ने बताए ।

शुभकामना वक्तव्यमा भनिएको छ, “तामाङ समुदायको यस पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ आपसी एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् भन्ने कामना गर्दछु ।”

सोनम ल्होछारलाई नयाँ वर्ष र न्वागी पूजाका रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

प्रकाशित मिति : January 22, 2023 at 12:25 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/