२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

सभामुख देवराज घिमिरेले बोलाए सर्वदलीय बैठक

७ माघ, काठमाडाैँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका छन । शनिबार बिहान ११ बजेका लागि घिमिरेले बैठक बोलाएका हुन ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो । घिमिरे यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार ०९:५३