२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

गृहमन्त्री लामिछानेः हिजो प्रहरीविरूद्ध विज्ञप्ति आज स्पष्टिकरण ‘मिडियाको हेडलाईन म बदल्न सक्दिन’

७ माघ, काठमाडौँ । शुक्रबार नेपाल प्रहरीले आदेश नामानेको भन्दै विरूद्धमा विज्ञप्ति जारी गर्न लगाएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शनिबार बिहानै सामाजिक सञ्जाल मार्फत थप स्पष्टिकरण दिएका छन । उनले प्रहरीले पटक पटकको आफ्नो मौखिक आदेश नमानेको भन्दै मन्त्रालय प्रवक्ता मार्फत विज्ञप्ति प्रकाशित गरी सार्वजनिक जानकारी दिएका थिए ।

शनिबार बिहानै सामाजिक सञ्जालमा उपस्थिति जनाउँदै उनले सोही प्रकरणमा थप स्पष्टिकरण दिएका छन । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी सशस्क प्रहरीका सइ थमन बिको हत्या अभियोगमा फरार रहेका अभियुक्त हुन । उनको पक्राउका सम्बन्धमा पटक पटक प्रहरीलाई आदेश दिएको भए पनि नमानेको भन्दै विज्ञप्ति जारी गराएका थिए ।

शनिबार बिहानै भने गृहमन्त्री लामिछानेले पुरानाूफरारूहरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का रहेको बताएका छन । उनले हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको हेक्का रहेको भन्दै जनतालाई आवश्वस्त पार्ने कोशित गरेका छन । उनले मिडियाको हेडलाईन बदल्न नसके पनि जनताको लाइफलाईन बदल्न मेहनत गरिरहेका उल्लेख गरेका छन ।

उनले भनेका छन, ‘पुराना”फरार”हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु।धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!!’

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार ०९:१५