२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

६ माघ, सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औं दिनमा उनले विश्वासको मत पाएका हुन् ।

कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा उनले विश्वासको मत पाएका हुन् । ४० सदस्यीय प्रदेश सभामा शर्मालाई २५ प्रदेशसभा सदस्यको समर्थन प्राप्त भएको हो । बैठकमा मुख्यमन्त्री शर्माले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २५ र विपक्षमा १४ मत खसेको हो ।

उनलाई स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले समेत विश्वासको मत दिएका छन् । उनले माओवादी केन्द्रको १३, एमालेको ९, एकीकृत समाजवादीको १, राप्रपाको १ मत गरि २५ मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसका १४ जना प्रदेशसभा सदस्यले भने विपक्षमा मतदान गरेका हुन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार १५:५५