२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

दक्षिण अफ्रिकाको नेपाली दूतावासको पहलमा दुई नेपालीलाई जेलमुक्त गराएर नेपाल फर्काइयो


६ माघ, काठमाडाैँ । दक्षिण अफ्रिकाको नेपाली दूतावासको पहलमा दुई नेपालीलाई जेलमुक्त गराएर नेपाल फर्काइएको छ । नेपाली दूतावासका काउन्सेलर ज्ञान बहादुर मगरको पहलमा करिव साढे १० महिनादेखि दक्षिण अफ्रिकाको बेताल जेलमा रहेका दुई जना नेपाली नागरिकहरू नेपाल फर्काइएको हो ।

दूतावसको पहलमा निःशुल्क कानुनी सहयोग उपलब्ध गराएर नेपाली नागरिकहरू हिरा बहादुर कुवर शाही र हिमाल सुनारलाई नेपाल फर्काइएको हो । उनीहरूको बिदाइ पनि काउन्सेलर ज्ञान बहादुर मगरले गरेका छन ।

उनीहरू बिहीबार कतार एअरवेजमार्फत नेपाल फर्किएका छन ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार ०९:११