१ असार २०८३, सोमबार | Tue Jun 16 2026

जहाज दुर्घटनाबारे सदनलाई जानकारी गराउन कांग्रेसको आग्रह

५ माघ, काठमाडौं। नेपाली कांग्रेसले पोखरामा भएको हवाइ जहाज दुर्घटनाबारे जानकारी दिन सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रमेश लेखकले १ माघमा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाबारे जानकारी संसदमा गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले विमान दुर्घटनाबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरे ।

विमान दुर्घटनाबारे सरकारले जानकारी गराउने बिहीबारको बैठकको कार्यसूचीमा समावेश हुने आफूले अपेक्षा गरेको भए पनि त्यस्तो नभएको भन्दै आपत्ति जनाएका लेखकले तत्काल कार्यसूचीमा समावेश गरेर विमान दुर्घटना के कारणले भएको हो, घाइतेहरुको उद्धारलगायतका विषयमा जानकारी गराउन सरकारको नाममा रुलिङ गर्न सभामुखसँग आग्रह गरे ।

जारी बैठकमा सा‌ंसदहरुले समसामयिक विषयमा सरकारकाे ध्यानाकर्षण गराइरहेका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुख चयनको निर्वाचन हुँदै छ ।

प्रकाशित मिति : January 19, 2023 at 11:33 am