२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

तपाईंकाे खातामा आयाे त ५ प्रतिशत नगद लाभांश ?

५ माघ, काठमाडाैं । सेन्ट्रल फाइनान्सले आजदेखि आफ्ना लगानीकर्ताहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश आजदेखी सेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिने भएको हाे ।

कम्पनीको गत पुस २९ गतेसम्म २६ औँ वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत नगद लाभांश आजबाट सेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा पठाइने कम्पनीले जनाएको छ।

हालसम्म पनि हितग्राही खाता नखोलेका वा खोलेर पनि कम्पनीको सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुलाई हितग्राही खाता खोलेर सेयर अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ।

प्रकाशित मिति : January 19, 2023 at 10:31 am